रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा पुर्याइयो
बुटवल, २७ कात्तिक । सहकारी रकम अपचलनको अनुसन्धानका लागि भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको छ ।
लामिछाने पोखराबाट बुद्ध एअरको जहाजमार्फत आज १२ः २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । ‘सरकारी वकिलको कार्यालय पुराए लगत्तै बयान लिइनेछ’, डीएसपी खनालले भनिन् ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा गरिएको छ ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरीलाई खटाइएको छ । यस्तै, सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरिएको छ ।