कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतमाथि नेपालको सानदार जित

कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतमाथि नेपालको सानदार जित

काठमाडौं, २७ कात्तिक । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतमाथि १६५ रनले जित निकालेको छ । 

कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पार्न सफल भएको हो ।  २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै अलआउट गर्‍यो ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन रख्दै ८ रन दिएर ५ विकेट झारिन् । नेपालकी रचना कुमारी र सीमाना केसीले दुईरदुई विकेट लिइन् ।

कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल तय गरेको थियो । 

नेपालकी कप्तान पुजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । सावित्रि धामी ११ र  सान प्रविनले ६ रन जोडे ।

कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एकरएक विकेट लिए ।

प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै हार व्यहोरेको छ । अब यूएईसँग भोलि (बुधबार) अन्तिम खेल खेल्ने छ ।

चार टोली सम्मेलित छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल खेलाइँदै छ र शीर्ष स्थानमा रहने टोली मात्र यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

बुधबारको खेलमा नेपाल विजयी भएको खण्डमा विश्वकपमा छनोट हुनेछ ।