११.२४ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

११.२४ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौं, २७ कात्तिक । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से ११.२४ अंक घटेको हो । उक्त अंकको कमीपछि नेप्से २७४८ मा कायम भएको छ ।

परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ ।