बागमतीमा मन्त्रालय फुटाएर १४ पुर्याइयो
मकवानपुर, २७ कात्तिक । बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ ।
आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।
बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कूल सङ्ख्या १४ पुगेको छ ।
विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य छन् । उनले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।