रवि लामिछानेसँग आज लिखित बयान लिइँदै
बुटवल, २८ कात्तिक । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा पुर्‍याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु गरिएको छ ।
रुपन्देही प्रहरीका अनुसार, हिजो (मंगलबार) दिउँसो भैरहवा ल्याएका लामिछानेसँग मौखिक प्रश्न सोधिएकोमा आज बिहान साढे १० बजेदेखि लिखित बयान लिन सुरु गरिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरेको आरोप लामिछानेमाथि लगाइएको छ ।