सुनको भाउ घट्दो 'ट्रेन्ड'मा, दुई सातामा ८ हजार ८ सय सस्तियो

सुनको भाउ घट्दो 'ट्रेन्ड'मा, दुई सातामा  ८ हजार ८ सय सस्तियो

काठमाडौं, २८ कात्तिक । दुई सातामा सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज (बुधबार) थप ४ सय रुपैयाँले मूल्यमा कमी आएको हो । 

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज (बुधबार) १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएको छ । 

कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।

अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।