प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा बेइजिङ जाँदै
काठमाडौं, २८ कात्तिक । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । समकक्षी वाङ यी को निमन्त्रणमा मन्त्री राणा चीनको राजधानी उड्न लागेकी हुन् ।
परराष्ट्र स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् ।
स्रोतका अनुसार उनले हिजो (मंगलबार) परराष्ट्र मन्त्रालयमा सचिव लगायतका कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् ।
त्यसअघि उनले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा भेटवार्ता गरेकी थिइन् ।