विश्वको आठौँ प्रदूषित सहरको सूचीमा काठमाडौं
काठमाडौं, ३० कात्तिक । काठमाडौंको वायु प्रदूषण केही सुधार भएको छ ।
वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार समाचार तयार पार्दासम्म काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा छ ।
आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ ।
बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १ सय ७० एक्यूआई प्रदूषण मापन गरिएको थियो ।
विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा छ । लाहोर ७ सय ८० एक्यूआई मापन गरिएको छ ।
त्यस्तै, छिमेकी राष्ट्र भारतका ३ सहर विश्वको प्रदूषित १० सहरभित्र परेका छन् । आक्यूएअरका अनुसार भारतको दिल्ली दोस्रो स्थानमा छ । दिल्लीको प्रदूषण ७ सय ४९ मापन गरिएको छ ।
त्यस्तै, भारतकै कलकत्ता पाँचौं नम्बर छ । कलकत्ताको प्रदूषण १ सय ८१ एक्यूआई मापन गरिएको छ । त्यस्तै, १ सय ५७ एक्यूआईसहित मुम्बई दशौं स्थानमा छ ।