सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी छ।

समितिको ५३औं बैठकले विभिन्न विकास आयोजनासहित सरकारी कामकारबाहीमा परेका समस्या फुकाउन विभन्नि निर्णयहरु गर्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सबै मन्त्रालयहरुले गरेका कामकारवाही र समस्याहरुको समीक्षा पनि गरिने बताइएको छ ।

बैठकमा सबै मन्त्रीसहित सचिवहरु, प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु पनि सहभागी छन् । 

अन्तरसरकारीबीचको समन्वयलाई थप बलियो बनाउने भन्दै सो समिति बनाइएको हो । यद्यपी, उक्त समितिले गरेको निणय समेत कार्यान्वयन नहुने अवस्थाका कारण यसको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ ।