संक्रमणकालीन न्याय: सत्य निरूपण र बेपत्ता आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन

संक्रमणकालीन न्याय: सत्य निरूपण र बेपत्ता आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन

काठमाडौं, २ मंसिर । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि ७७ जनाको आवेदन परेको छ । 

संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार शुक्रबार बेलुकीसम्म ७७ जनाको आवेदन दर्ता भएको छ ।

कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार शनिबारसम्म भौतिक रूपमा ७१ र अनलाइनमार्फत ६ गरी जम्मा ७७ जनाले आवेदन दिएका छन् । 

स्रोतका अनुसार अध्यक्ष पदमा आधा दर्जन आवेदन  दिएका छन् ।  केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन परेका छन् ।