परराष्ट्रमन्त्रीको व्यस्तताका कारण अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं, २ मंसिर । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ ।
आज (आइतबार) का लागि तयारी गरिएको बैठक अनिश्चिकालका लागि स्थगन भएको हो। परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण बैठक बस्न नसकेको हो ।
आजका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची थियो ।
परराष्ट्रमन्त्री राणा काठमाडौं बाहिर रहेको र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोरले जानकारी दिए ।
परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी छिन् ।
समिति सचिवालयका अनुसार आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीलाई समेत उपस्थित गराएर छलफल गर्ने कार्यक्रम तय थियो। उनको पनि समय नमिलेकाले बैठक बस्न सकेन् ।