उपनिर्वाचन: कीर्तिपुरमा धमाधम उम्मेदवारी दर्ता गराउँदै राजनीतिक दल
काठमाडौं, २ मंसिर । यहीँ १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार मनोनयन दर्ता गराउन पुगेका छन् ।
नेकपा एमालेबाट मेयरमा सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाका धु्रव महर्जनले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, जसपा नेपाल र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछन् । मेयर र दुई वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको कीर्तिपुरको उपनिर्वाचनमा उपत्यकाको नगरपालिका भएकाले धेरैको चासो दिएका छन् ।