जसपा नेपालबाट कीर्तिपुरको मेयर र वडा अध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार

जसपा नेपालबाट कीर्तिपुरको मेयर र वडा अध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार

काठमाडौं, २ मंसिर । यहीँ १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दर्ता गराएका छन् । 

मेयरमा नेपाल हनी महर्जन र वडा नं ४ को वडाध्यक्षमा मौनीले उम्मेदवारी दिएका हुन् । दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए ।

शनिबार उनीहरुले मायाको पहिचान नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए ।

मेयरकी उम्मेदवार हनी महर्जनले सफा, स्वच्छ र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता जनाइन् ।