रहेनन् पूर्वसभामुख दमननाथ ढुंगाना

रहेनन् पूर्वसभामुख दमननाथ ढुंगाना

काठमाडौं, २ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ढुंगानाका भान्जा सुरज भट्टराईका अनुसार, फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको हो । 

अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार भइरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्ता पनि हुन् । 

उनले तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गरेका थिए ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको परिचय स्थापित गरेका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामासमेत आबद्ध थिए र