स्थानीय तह उपनिर्वाचन : दैलेख महाबु गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता हुँदै

स्थानीय तह उपनिर्वाचन : दैलेख महाबु गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता हुँदै

 सुर्खेत, २ मंसिर । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि यहीँ १६ मंसिरमा हुने मतदानका लागि आज (आइतबार) दलहरूले मनोनयन दर्ता गराउन थालेका छन् । 

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउन उनीहरूले निर्वाचन कार्यालय गैडाबाजमा पुगेका हुन् ।  यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा मनोनयन गर्ने तयारी गरिरहेका छन् ।

नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल र एकीकृत समाजवादीबाट जगत हमालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै, रास्वपाबाट प्रकाश बुढा उम्मेदवार बनेका छन् । कर्णालीका ७ वटा स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुन लागेको हो । 

दैलेखमा महाबु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिकाको वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । यी दुई पदका लागि दलहरूले मनोनयन दर्ता गरेका हुन् ।