उपनिर्वाचन: नलगाडको उपमेयरमा ४ जनाको मनोनयन दर्ता
सुर्खेत, २ मंसिर । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा चार दलले मनोनयन दर्ता गराएका छन् ।
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) दिउँसोसम्म नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, रास्वपाबाट पार्वती पुन र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सुनिता पुन रावलले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मनोनयन दर्ताको समय अपरान्ह ५ बजेसम्म तोकिएको छ ।