८ मंसिरदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन थाल्ने, रवि लामिछानेको रिहाइको माग
काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहीँ मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।
आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने जानकारी दिए ।
रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधिसमेत लम्ब्याइरहेको उनले बताए ।