चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २ मंसिर । विभिन्न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा.कृष्णप्रसाद ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागी थिए ।