चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं, ३ मंसिर । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केही समयअघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनापछि विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले बाटो अवरुद्ध गरेका छन् ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली परिचालन गरिएको छ ।