फेरि ब्युँतियो पहिचानको आन्दोलन, पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा
विराटनगर, ३ मंसिर । प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गर्ने बताएको छ ।
समितिले कोशी नाम खारेज गर्न मागसहित १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने जनाएको छ ।
समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया नथालिएका खण्डमा प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउलगायतका अनिश्चितकालीन हड्तालका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमतिपछि शान्तिपूर्ण गतिविधि गर्ने जनाएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा समेत गरेको छ ।
आज (सोमबार) पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रम सहभागी नगराउन र गराए प्रतिरोध गर्ने बताएको छ ।
प्रदेशको नाम कोशी मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग राखेका छन् । संयुक्त संघर्ष समितिले भनेको छ– ‘कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाइनेछ ।’,