रेमिट्यान्समा कीर्तिमानी, असोजमै भित्रियो १ खर्ब ४४ अर्ब रुपैँया रेमिट्यान्स
काठमाडौं, ४ मंसिर । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनाको अवधिमा भित्रिएको यो रेमिट्यान्स अहिलेसम्मकै धेरै हो ।
आज (मंगलबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, साउन, भदौ र असोज महिनामा कूल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
साउन र भदौमा कूल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको छ ।
अमेरिकी डलरमा तीन महिनामा ३ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।