दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो लगियो, कीर्ते कागजात प्रकरणमा अनुसन्धान गरिने

दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो लगियो, कीर्ते कागजात प्रकरणमा अनुसन्धान गरिने

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको छ । 

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार, आज (मंगलबार) बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको हो । 

उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप रहेको आईबीप्रवक्ता बोगटीले बताए । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।

विज्ञप्ति हेर्नुहोस् :