बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच छलफल जारी, मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौं, ४ मंसिर । अहिले साँझ बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए ।
स्रोतका अनुसार, अहिले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफल चलिरहेकाले मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो । सत्तासाझेदारनेताहरुको बैठक बालुवाटारमै बसिरहेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा छन् भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत सहभागी छन् ।