नेपाली व्यवसायीलाई धम्की कसले दिँदैछ ?

नेपाली व्यवसायीलाई धम्की कसले दिँदैछ ?

काठमाडौं, ५ मंसिर । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिई नेपाली व्यवसायीलाई धम्की दिइएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको एसपी होविन्द्र बोगटीले पुष्टि गरे । यस्ता फोन भारत र दुबईका नम्बरबाट आउने गरेका उनले बताए । 

हाल उनी भारतको सबैभन्दा कडा सुरक्षा व्यवस्था भएको तिहाड जेलमा छन् । विश्नोईमाथि फिरौती असुली र हत्याको अभियोग छ । उनले भारतीय अभिनेता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएका छन् । 

यस्तै, विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा पनि धम्की आउने गरेको प्रहरी स्रोत बताउँछ ।

हिजो (मंगलबार) विद्युतीय अपराध नियन्त्रण ऐन विपरीतको कसुर गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । 

विद्युतीय अपराध नियन्त्रण ऐन विप।प्तको कसुरमा मातहतको साइबर ब्यूरोले छानबिन गर्ने छ भने अन्य विषयमा सीआईबीबाट अनुसन्धान हुने सीआईबीका प्रमुख एआईजी दिपक थापाले बताए ।