आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ: अध्यक्ष बस्नेत
काठमाडौँ, ७ पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै सचेत बन्न आग्रह गरेका छन् ।
नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलाअन्तर्गत आज काउन्सिलमा भएको कार्यक्रममा उनले आधारहीन आरोप र पक्षधरताले सञ्चारमाध्यमकै बद्नाम हुने भएकाले तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भए त्यसको नाममा आलोचना मात्रै गर्नु र सन्तुललन गुमाउनु मर्यादित पत्रकारिताविपरित भएको अध्यक्ष बस्नेतको भनाइ थियो ।
“पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगत्ले खेपिरहनुपरेको छ । त्यसैले अहिले आधारहीन आरोप नभई आलोचनात्मक पत्रकारिताको खाँचो छ”, उनले भने ।