दशैं आयो सांगितिक साँझमा ग्राहकलाई झुमाउँदै कासा लाउन्ज

दशैं आयो सांगितिक साँझमा ग्राहकलाई झुमाउँदै कासा लाउन्ज


काठमाडौं, असोज १५

कासा लाउन्जले आगामी असोज १९ गते दशैं विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । दरबारमार्गमा रहेको कासा लाउन्जले आफ्नो उत्कृष्ट सेवाबारे जानकारी दिदै दशैं आयो सांगितिक साझ आयोजना गर्न लागेको सञ्चालक रामप्यारा श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्लासिक भ्वाइस झल्को दिने गरी ९० दशकका चर्चित गायकहरु कर्णदास, संञ्जय श्रेष्ठलगायतले प्रस्तुति दिने कार्यक्रम रहेको छ । 

आफ्नै सांगितिक ब्यान्डले पनि विशेष प्रस्तुति हुने सञ्चालक श्रेष्ठले बताए । असोज १९ गते हुने यो कार्यक्रममा ग्राहकहरुलाई विशेष छुटको समेत व्यवस्था गरिएको कासा लाउन्जले जनाएको छ ।  

यसअघि पनि हरेक वर्ष दशैं अवसर पारेर कासा लाउन्जले सांगितिक कार्यक्रम गर्दै आएको थियो । यो वर्षको कार्यक्रमले कासा लाउन्जको चर्चा र उचाइ थप बढ्ने सञ्चालकको विश्वास छ ।