सिद्घार्थ बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटेलमा २० प्रतिशतसम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटेलमा २० प्रतिशतसम्मको छुट

काठमाडौं, असोज २२ 

सिद्धार्थ बैंक र र्‍याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित र्‍याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिने जानकारी बैंकले दिएको छ ।  

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।