गण्डकीमा दीपक मनाङेले छाडेको वनमन्त्री बने कांग्रेसका भेषबहादुर

गण्डकीमा दीपक मनाङेले छाडेको वनमन्त्री बने कांग्रेसका भेषबहादुर

काठमाडौँ, ५ कात्तिक । लमजुङका भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्री पदमा नियुक्त भएका छन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई वनको जिम्मेवारी दिएका थिए ।

यद्यपी, मनाङेले वन मन्त्रालय अस्वीकार गर्दै राजीनामा दिएपछि कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षबाट भेषबहादुरले मन्त्री हुने मौका पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले शेखर–गगन समूहकै अनुरोधमा भेषबहादुरलाई मन्त्री बनाएर प्रदेश सरकारलाई पूर्णता दिएका हुन् ।

‘यसअघि नै म मन्त्री बन्ने चर्चा चलेको थियो, तर हाम्रो विचार समूहबाट कोही पनि मन्त्री बनाइएन,’ नवनियुक्त वन मन्त्री भेषबहादुरले अगाडी थप्दै भने, ‘यसपटक शेखर–गगन दुबै जनाको आग्रहमा मैले मन्त्री बन्ने अवसर पाएको हुँ ।’

गण्डकी प्रदेश सरकारमा देउवा समूहबाट मुख्यमन्त्री पाण्डेसहित अर्थमन्त्री डा.टकराज गुरुङ र सामाजिक विकास तथा खेलकुलदमन्त्री विन्दुकुमार थापा छन् ।