सरकारका गलत कामको विरोधमा काठमाडौंमा माओवादीको जनप्रदर्शन र खबरदारी सभा

सरकारका गलत कामको विरोधमा काठमाडौंमा माओवादीको जनप्रदर्शन र खबरदारी सभा

 काठमाडौं, ६ कात्तिक । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्रले सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको जनाएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन समेत दिए ।