सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा, प्राविधिक र सेनालाई सम्मान

सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा, प्राविधिक र सेनालाई सम्मान

काठमाडौं, ६ कात्तिक । गत असोज दोस्रो साताको अविरल वर्षापछिको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा ल्याइएको  छ  ।

सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै आज (मंगलबार) देखि उक्त पुलबाट सवारीसाधन सञ्चालनमा आएका हुन् । 

मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सम्मान समेत गरेका छन् ।