दिल्लीबाट काठमाडौं आएको विमानमा बमको हल्ला, सेनाले ‘सर्च’ गर्दै

दिल्लीबाट काठमाडौं आएको विमानमा बमको हल्ला, सेनाले ‘सर्च’ गर्दै

काठमाडौं, ६ कात्तिक। भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको विमानमा बम राखेको आशंका गरिएको छ ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमान अहिले ‘अनग्राउन्ड’ रहेको छ । सो बिमानमा बम राखिएको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

बम राखेको सूचना पाएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले उक्त विमानकोखानतलासी सुरु गरेको  छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने बढ्न थालेको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बमको हल्ला आएको र अहिले टोली विमानस्थलमा पुगेको जानकारी दिए ।