सरकारको १०० दिन: प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

सरकारको १०० दिन: प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

काठमाडौं , ७ कात्तिक ।  सरकारले आज आफ्नो एक सय दिनको प्रगति विवरण प्रस्तुत गर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार प्रधानमन्त्रीले सरकारको एक सय दिन पुगेको अवसरमा सरकारले गरेका कामकारबाहीबारे बुधबार सार्वजनिक गर्न लागेका हुन् । 

दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्न लागेका छन् ।

गत असार ३० गते नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बनेको थियो । सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअगाडी अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।