भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्पवालाई सत्ता पक्ष दलहरुको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्पवालाई सत्ता पक्ष दलहरुको आग्रह

काठमाडौं, ७ कात्तिक । सत्तारुढ दलले न्याय निरुपणको प्रक्रिया प्रभावित नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गरेका छन् ।

बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा सम्मेलित दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निर्णय समेत गरेको छ ।

समितिले कारबाही सिफारिस कार्यान्वयन गर्नेक्रममा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरिएको छ । यद्यपी, रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर विरोध र प्रदर्शन जनाउँदै आएको छ ।

सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ ।

फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरु को निष्कर्ष छ ।