राष्ट्रपति पौडेललाई ध्यानाकर्षण गराउन प्रचण्डसहित विपक्षी दलका नेताहरू शीतल निवासमा

राष्ट्रपति पौडेललाई ध्यानाकर्षण गराउन प्रचण्डसहित विपक्षी दलका नेताहरू शीतल निवासमा

काठमाडौं, ७ कात्तिक । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन  राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रतिपक्षी दलका  नेताहरू पुगेका छन् ।

सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका प्रतिपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन् ।

यसपूर्व नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।