सचिव बढुवाका लागि सहसचिव विष्टको नाम सिफारिस

सचिव बढुवाका लागि सहसचिव विष्टको नाम सिफारिस

काठमाडौं, ८ कात्तिक । सहसचिव रघुराम बिष्ट सचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् । सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अनिवार्य अवकास गएसँगै रिक्त पदमा सचिव बढुवा हुन लागेको हो ।

 मंगलवार सिंहदरबारमा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस गरेको हो ।

४ पटक निरन्तर कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा एक जना मात्रै नाम सिफारिस गर्ने प्राबधान छ ।

 कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर तीन–तीन जनाको नाम बढुवा सिफारिस भएकाले अहिले ज्येष्ठताका आधारमा बष्ट सिफारिस भएका हुन् ।

आज (बिहीबार) बस्ने मन्त्रिपरिषद बैठकले बिष्टलाई सचिवमा बढुवा  गर्नेछ ।