प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं, १३ कात्तिक । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । आज साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका एजेण्डामा छलफल  हुनेछ । 

गत बिहीबार बस्न तय भएको मन्त्रिपरिषदको अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्दछ । हिजो (सोमबार) प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नबोलाइएको उनको सचिवालय स्रोतले जनाएको छ ।