वायु प्रदूषण: दाङ-देउखुरी, काठमाडौं र भरतपुरकाे वायु स्तर ‘खराब’

वायु प्रदूषण: दाङ-देउखुरी, काठमाडौं र भरतपुरकाे वायु स्तर ‘खराब’

काठमाडौं, १५ कात्तिक । काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण बढ्दै गएको  छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर, भरतपुर र दाङको देउखुरीको वायु खराबस्तरमा पुगेको हो ।

सबैभन्दा बढी वायु प्रदूषण दाङ देउखुरीमा छ । बिहान सवा आठ बजेको समयमा त्यहाँको वायु गुणस्तर सूचक (एक्यूआई) १७७ रहेको छ । यही समयमा हिजो ९बुधबार० १२० एक्यूआई थियो ।

त्यस्तै, भक्तपुरमा बुधबार ९२ एक्यूआई रहेकामा बिहीबार १६० र ललिपुरको खुमलटार क्षेत्रमा बुधबार १०४ एक्यूआई रहेकोमा आज (बिहीवार) १३४ पुगेको छ । चितवनको भरतपुरमा पनि आज वायुप्रदूषण छ । त्यहाँको एक्युआई १५६ छ ।

काठमाडौंका हाँडिगाउँ, महाराजगञ्जस्थित अमेरिकी दूतावास लगायत क्षेत्रमा पनि वायु प्रदूषण खराब स्तरमा पुगेको छ