भोलिदेखि सिस्ने खोलामा यातायात आंशिक बन्द हुने

भोलिदेखि सिस्ने खोलामा यातायात आंशिक बन्द हुने

काठमाडौं, २८ कात्तिक। नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत पर्ने धादिङ जिल्लाको सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजनाले बुधबार एक सूचना जारी गर्दै बिहीबार (२९ कात्तिक) देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने जनाएको हो । 

आयोजनाका अनुसार यस अवधिमा सडक २० मिनेट बन्द गरिने छ । त्यसपछिको २० मिनेट यातायात खुलाइने छ । सिस्ने खोलामा स्लोप कटिङ गर्ने काम जारी रहेका कारण राजमार्गमा  आवतजावत प्रभावित  हुने  बताइएको छ ।

यसअवधिमा सवारीसाधन रोक्दा लेन अनुशासन कायम राख्न पनि आयोजनाले आग्रह गरेको छ ।  ओभरटेक गरेको पाइएमा कडा कारबाही गरिने समेत आयोजनाले उल्लेख गरेको छ ।