अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २८ कात्तिक । वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ का २९ वर्षीय मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले अल्बानिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट नगद पाँच लाख तीन हजार नौ सय लिई सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।

तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।