उद्योगीले १५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौँ: घिसिङ

उद्योगीले १५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौँ: घिसिङ

काठमाडौं, २८ कात्तिक । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् ।

नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उनले बताए ।

‘नेपाल सरकारको निर्देशनअनुसार १५ दिनभित्र बक्यौता बुझाउनुपर्ने छ । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ कार्यकारी निर्देशक घिसिङले भने । 

१५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने उनको भनाइ छ ।