रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी
बुटवल, २९ कात्तिक । बुटवलको सुप्रिम सहकारीको बचत हिनामिना आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ ।
मंगलबार पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजो (बुधवार) देखि लिखित बयान लिन थालेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकृतका अनुसार, हिजो १० घण्टा र आज समेत गरी ७० बढी लिखित प्रश्न सोधेको र लामिछानेले सहजरुपमा आत्मविश्वासका साथ इन्कारी बयान दिएका छन् ।
अबको केही बेरमा बयान सकिने र आज ४:४० को फ्लाइट मा पोखरा पठाउने तयारी प्रहरीले गरिरहेको जनाइएको छ ।