कीर्तिपुर केन्द्रबिन्दु भएर २.६ म्याग्निच्युडको भूकम्प
काठमाडौं, ७ मंसिर । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुुसार, गएराति पौने ११ बजे २ दशमलव ६ म्याग्निच्युडको भुकम्प गएको हो ।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।
काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा विवरण राखेका छन् । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।