एमालेसँग जोडिने काण्डहरुको छानबिन गरौं: शंकर पोखरेल
काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् ।
आज (शुक्रवार) दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै उनले छानबिन गर्दा फरक नपर्ने बताएका हुन् ।
एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको पोखरेलले बताए । ‘छानबिन गरौं न, के फरक पर्छ !’, उनले भने ।
यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको महासचिव पोखरेलले दाबी गरे ।
अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको उनको भनाई छ ।