प्रधानमन्त्री ओलीको दाबी– ०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान सत्ता समीकरण रहिरहने दाबी गरेका छन् ।
काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गरेका छन् ।
‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ, यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्।’ प्रधानमन्त्री ओलीले भने ।