कम्बोडियामा लगानी प्रमाणित गर, त्यसको डबल दान दिन्छौं: एमाले
काठमाडौं, ७ मंसिर । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लगानी रहेको प्रचार गर्नेहरुलाई जवाफ दिएका छन् ।
आज (शुक्रवार) दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने टिप्पणी गरेका हुन् ।
उनले कम्बोडियामा प्रधानमन्त्री ओलीले लगानी गरेको भन्ने आरोपको खण्डन समेत गरे । एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनको भनाइ छ ।
दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेका थिए ।सोही आरोममा प्रसाईं प्रहरी हिरासतमा छन् ।