एमालेको आपत्ति : आजको सभा सरकारको होइन, यस्ता टिप्पणी नगरे हुन्थ्यो

एमालेको आपत्ति : आजको सभा सरकारको होइन, यस्ता टिप्पणी नगरे हुन्थ्यो

काठमाडौं, ७ मंसिर । सत्तारुढ नेकपा एमालेले सत्तामा रहेको दलले सभा र र्‍याली गर्न नमिल्ने भन्दै भएका टिप्पणीप्रति आपत्ति प्रकट गरेको छ ।

आज (शुक्रबार) काठमाडौंमा र्‍यालीसहित एमालेले ‘जनजागरण सभा’ नाम दिएर प्रदर्शन गरिरहेको छ ।

दरबारमार्गमा आयोजित सभामा बोल्दै महासचिव शंकर पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने र आफूहरूले पनि त्यही गरेको दाबी गरे ।

छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विभिन्न सभामा पुगेर सम्बोधन गर्ने गरेको र भारतीय लोकतन्त्र देखेका नेताहरूले यस्तो टिप्पणी गर्न नमिल्ने बताए । 

एमाले जनताको पार्टी भएको उल्लेख गर्दै उनले जनताका बीचमै गएर षड्यन्त्र चिर्ने पनि महासचिव पोखरेलले बताए।