महोत्तरी जिल्ला प्रशासनका नासु २० हजार घुससहित पक्राउ
जनकपुरधाम, ७ मंसिर । महोत्तरीमा एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरिएको आयोगले जनाएको छ ।