रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पोखरा, ९ मंसिर । कास्की जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ।
न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएको हो ।
पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो । सहकारी अनियमितता प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका थिए ।
उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।