प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको छलफल स्थगित
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(सोमबार) मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको त्रैमासिक समीक्षा बैठक स्थगित गरिएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।
तर, प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उक्त छलफल स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।