पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीले भने- चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता गर्दिन

पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीले भने- चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता गर्दिन

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नगरिने बताएका छन् । 

आज(सोमबार) सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले ऋणसँग सम्बन्धी सम्झौता नगरिने बताएका हुन् । 

यही मंसिर १७ गतेदेखि प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्ने छ । सिंहदरबारमा चीन भ्रमणका एजेण्डाबारे उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श लिएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले बीआरआईको ऋणको पासोमा पर्न खोजेको भन्ने हल्ला सत्य नभएको बताए ।

‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन ।’  छलफलमा ओलीले ।

उनले चीन भ्रमणका एजेण्डाको विषयमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच विवाद छ भनेर भ्रम फिजाइएको पनि बताए । 

चीनसँग नेपालको लामो र मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन भ्रमण गर्न लागेको बताए । 

पहिले जुन देशको भ्रमण गरे पनि सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्ने प्रधानमन्त्री ओलीले बताए ।

‘हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्छौं, त्यसकारण यो भ्रमण सफल हुन्छ ।’ उनले भने ।